काष्ठमण्डप बास्केटबलकाे च्याम्पियन मिल्सबेरी

काठमाडौँ, फागुन १ गते ।

मिल्सबेरीले नवौं काष्ठमण्डप अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप ए लेभल एकेडेमीमा भएको फाइनलमा मिल्सबेरीले नामीलाई ८–६ ले पराजित ग¥यो ।

मिल्सबेरीका विशेष शाक्यले ४ तथा सारंश भट्टराई र संघर्ष कठायतले समान २–२ स्कोर गरे । नामीका पामे हाङ राईले ६ अंक जोडे । मिल्सबेरीका विशेष शाक्य ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

त्यसअघि शुक्रबारै भएको सेमिफाइनलमा मिल्सबेरीले आयोजक काष्ठमण्डपलाई १५–१४ तथा नामीले इस्लिङटनलाई ११–५ ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, काष्ठमण्डपकी संस्थापक एवं प्रिन्सिपल डा. शिवा थापा र काष्ठमण्डपकी संस्थापक इला पियाले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुई दिने प्रतियोगितामा ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ