काठमाडौँ, माघ २६ गते।
खुम्बु याम्बु शेर्पा समाजले १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।
महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोनजामा भइरहेको प्रतियोगितामा खुम्बुले खुन्डे सामुदायिक क्लबलाई ३–१ गोलले पराजित ग¥यो । खुम्बुका लागि प्रनिल मगरले २ तथा कर्मा शेर्पाले १ गोल गरे । खुन्डेका पेमा वाङ्दीले सान्त्वना गोल फर्काए । खुम्बुका प्रनिल ‘प्लेयर अफ द म्याच’ घोषित भए । दुई खेलमा खुम्बुको यो पहिलो जित हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा आयोजक मञ्चले खुम्जुङ युथ क्लबसंग गोलरहित बराबरी खेल्यो । दुई खेलमा मञ्चको दोश्रो बराबरी हो । यसअघि मञ्चले खुन्डेसंग गोलरहित बराबरी खेलेको थियो । आयोजक मञ्चका गोलरक्षक आशिष मगर ‘प्लेयर अफ द म्याच’ चुनिए ।
प्रतियोगिताअन्र्गत मंगलबार हुने २ खेलमा नाम्चे युथ क्लब र खुम्बु युनाइटेड क्लब तथा ठामीछोवा फुटबल टिम र आमादब्लम युथ क्लब भिड्ने छन् ।
