काठमाडौँ, माघ २६ गते।
विकासशील राष्ट्रिय बहिरा फुटबल २०८२ को उपाधि कोशी प्रदेशले जितेको छ। त्रिपुरेश्वर स्थित दशरथ रगंशालामा सोमबार सम्पन्न फाइनलमा बागमती प्रदेशको ख टिमलाई ३-१ ले पराजित गर्दै कोशीले उपाधि जितेको हो।
सुन्दरढोका साथी सेवा विकासशीलद्वारा आयोजित उक्त प्रतियोगितामा बागमती प्रदेशका दुई टिम सहित सात वटै प्रदेशका गरी कुल आठ टिमको सहभागिता रहेको थियो।
यसैबिच कार्यक्रम समापनको अवसरमा विजयी टिम तथा खेलाडीहरूलाई ट्रफीसहित नगदबाट पुरस्कृत गरियो। जस अनुसार प्रथम, द्धितिय र तेस्रो हुने टिमले क्रमशः ५० हजार, ४० हजार र ३० हजार प्राप्त गरे। त्यसैगरी विभिन्न ५ वटा व्यक्तिगत विधामा समान ५ हजारसहित खेलाडीहरूलाई पुरस्कृत गरियो।
