काठमाडौँ, माघ २६ गते ।
बेलमान्ट र सत्य साइ दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्
बेलमोन्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १४–९ ले पराजित ग¥यो । बेलमोन्टको जितमा क्रिस्टिना घिमिरेले १० अंक योगदान गरिन् । दिब्या कार्कीको ७ अंक सहयोगमा सत्य साइले ग्रिनल्यान्डलाई १५–१० ले हरायो ।
सिनियर गल्र्समै फेरिल्यान्डले मन्जरीलाई २०–१० तथा भ्याली पब्लिकले आयोजक जेबी स्कुललाई ३०–२० ले पाख लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । फेरिल्यान्डकी सायना माझीले १० तथा भ्याली पब्लिककी दृष्य गुरुङले १२ स्कोर गरे । सेमिफाइनलमा भ्याली पब्लिकको भेट फेरिल्यान्डसंग हुनेछ भने बेलमोन्ट र सत्य साइसंग खेल्ने छ ।
जुनियर ब्वाइजमा जेबीले ग्रिनल्यान्डलाई ३०–२०, लालीगुराँस नेसनल एकेडेमीले ओएसिस्लाई ३६–२०, बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले पारामाउन्ट एकेडेमीलाई १५–१४ र बीएमसीएले नेचरलाई ३०–२५ ले पन्छ्याउदै सेमिफाइल यात्रा तय गरे ।
जेबीका गौरव ओलीले १२, लालीगुराँसका सुवास शाहीले १३, बीएनएका दीपक तामाङले ६ र बीएमसीएका भिजन भगरले १० अंक बटुले । सेमिफाइनल लालीगुराँस र बीएनए तथा जेबी र बीएमसीएबीच हुनेछ ।
