टी–२० विश्वकप: नेपालले आइतबार इंग्ल्यान्डसँग पहिलो खेल खेल्ने

काठमाडौँ, माघ २४ गते ।

आइसिसी टी-२० विश्वकप क्रिकेट आजदेखि सुरू भएको छ।

भारत र श्रीलंका आयोजक रहने विश्वकपको पहिलो खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुँदैछ।

शनिबार बेलुकी नेपाली समयअनुसार सवा ७ बजे आयोजक राष्ट्र भारत र अमेरिका उद्घाटन खेलमा भिड्दैछन्।

यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।

नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल स्कटल्यान्डसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्। समूहमा शीर्ष दुईमा परेमा सुपर-८ मा पुग्ने सम्भावना हुनेछ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उप-कप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ