काठमाडौँ, माघ २४ गते।
नेपाली राष्ट्रिय क्रिकेट टोली भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुँदै गरेको पुरुष टी–२० विश्वकपको दसौँ संस्करणमा तेस्रो पटक सहभागिता जनाउँदैछ । अनि जहाँ देशका लागि चन्द« र सूर्य अकिंत जर्सीका साथ आफ्ना सहकर्मीहरुसँगै मैदानमा उत्रदैँछन् तीनवटै टी–२० विश्वकपका एक नटआउट यात्री सोमपाल कामी ।
३० औं वर्ष प्रवेशको संघारमा रहेका सोमपाल नेपाली क्रिकेटका ऐतिहासिक पात्र पनि हुन् । आगामी टी–२० विश्वकपको पहिलो खेल खेलेसँगै सोमपाल देशका लागि तीनवटा विश्वकप खेल्ने एक मात्र खेलाडी बन्नेछन् ।
सोमपालले देशका लागि एक सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनी दायाँहाते मध्यम तेज गतिका बलर हुन् । सोमपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा एक सय ६६ विकेट लिइसकेका छन् । उनले देशका लागि ६६ एकदिवसीय अन्तर्राष्ट्रिय र ८६ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
सोमपालले सन् २०१८ को अगस्ट १ तारिखमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । त्यस्तै कामीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि आईसीसी टी–२० विश्वकपमार्फत नै ‘डेब्यू’ गरेका थिए ।
उनले सन् २०१४ मार्च १६ तारिखमा बंगलादेशको चटगाउँमा हङ्कङविरुद्ध पहिलो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । आफ्नो पहिलो खेलमै सोमपालले तीन ओभर बलिङ गर्दै १३ रन खर्चिएर दुई विकेट लिएका थिए । आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले ब्याटिङको मौका भने पाएका थिएनन् ।
नेपालले सन् २०१४ मा पहिलोपटक आईसीसी टी–२० विश्वकप खेलेको थियो। विश्वकप खेल्दा सोमपाल टोलीका प्रभावशाली खेलाडी थिए । त्यो विश्वकपको हङ्कङविरुद्धको खेलमा उनले दुई विकेट लिएका थिए ।
त्यसपछि सोमपालले सन् २०२४ को विश्वकप पनि खेलेका थिए । उक्त विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा सोमपालले एक विकेट लिएका थिए । श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि दक्षिण अफ्रिकाविरुद्धको खेलमा सोमपालले अविजित आठ रन बनाएका थिए । बंगलादेशविरुद्धको खेलमा भने उनले दुई विकेट लिएका थिए ।
हालको राष्ट्रिय टोलीमा सबैभन्दा अनुभवी खेलाडीसमेत रहेका सोमपालको नेतृत्व र अनुभव नेपालका लागि ठूलो पूँजी मानिन्छ । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ इंग्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग प्रतिस्पर्धा हुनेछ ।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुन लागेको १०औँ संस्करणको टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ। यस प्रतियोगितामा नेपाल समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक सहभागी हुन लागेको हो ।
x
नेपाली राष्ट्रिय क्रिकेट टोली भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुँदै गरेको पुरुष टी–२० विश्वकपको दसौँ संस्करणमा तेस्रो पटक सहभागिता जनाउँदैछ । अनि जहाँ देशका लागि चन्द« र सूर्य अकिंत जर्सीका साथ आफ्ना सहकर्मीहरुसँगै मैदानमा उत्रदैँछन् तीनवटै टी–२० विश्वकपका एक नटआउट यात्री सोमपाल कामी ।
३० औं वर्ष प्रवेशको संघारमा रहेका सोमपाल नेपाली क्रिकेटका ऐतिहासिक पात्र पनि हुन् । आगामी टी–२० विश्वकपको पहिलो खेल खेलेसँगै सोमपाल देशका लागि तीनवटा विश्वकप खेल्ने एक मात्र खेलाडी बन्नेछन् ।
सोमपालले देशका लागि एक सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनी दायाँहाते मध्यम तेज गतिका बलर हुन् । सोमपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा एक सय ६६ विकेट लिइसकेका छन् । उनले देशका लागि ६६ एकदिवसीय अन्तर्राष्ट्रिय र ८६ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
सोमपालले सन् २०१८ को अगस्ट १ तारिखमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । त्यस्तै कामीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि आईसीसी टी–२० विश्वकपमार्फत नै ‘डेब्यू’ गरेका थिए ।
उनले सन् २०१४ मार्च १६ तारिखमा बंगलादेशको चटगाउँमा हङ्कङविरुद्ध पहिलो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।आफ्नो पहिलो खेलमै सोमपालले तीन ओभर बलिङ गर्दै १३ रन खर्चिएर दुई विकेट लिएका थिए । आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले ब्याटिङको मौका भने पाएका थिएनन् ।
नेपालले सन् २०१४ मा पहिलोपटक आईसीसी टी–२० विश्वकप खेलेको थियो। विश्वकप खेल्दा सोमपाल टोलीका प्रभावशाली खेलाडी थिए । त्यो विश्वकपको हङ्कङविरुद्धको खेलमा उनले दुई विकेट लिएका थिए ।
त्यसपछि सोमपालले सन् २०२४ को विश्वकप पनि खेलेका थिए । उक्त विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा सोमपालले एक विकेट लिएका थिए । श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि दक्षिण अफ्रिकाविरुद्धको खेलमा सोमपालले अविजित आठ रन बनाएका थिए । बंगलादेशविरुद्धको खेलमा भने उनले दुई विकेट लिएका थिए ।
हालको राष्ट्रिय टोलीमा सबैभन्दा अनुभवी खेलाडीसमेत रहेका सोमपालको नेतृत्व र अनुभव नेपालका लागि ठूलो पूँजी मानिन्छ। विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ इंग्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग प्रतिस्पर्धा हुनेछ ।