कोहली : मेरो ध्यान सधैँ टोलीलाई जिताउनेमा मात्र हुन्छ

रोयल च्यालेन्जर्स बेंगलुरुका ओपनर विराट कोहलीले गुजरात टाइटन्सविरुद्ध ४४ बलमा ७० रनको अविजित इनिङ्स खेलेर आलोचकहरूलाई जवाफ दिएका छन्।

कोहलीले इन्डियन प्रिमियर लिगको ७ सिजनमा ५०० भन्दा बढी रन बनाएका छन् । यद्यपि, यो उपलब्धिले कोहली आफैँलाई खासै मतलब छैन । स्पिनरहरूविरुद्ध कम स्ट्राइक रेट हुनु चिन्ताको विषय नभएको उनले बताए । गुजरातविरद्ध ब्याटिङ शुरू गर्नुअघि कोहलीले यस सिजनमा तीव्र गतिका बलरविरुद्ध १६१.६२ र स्पिनरविरुद्ध १२३.५७ को स्ट्राइक रेटमा रन बनाएका थिए।

‘स्पिनविरूद्ध मेरो स्ट्राइक रेटको बारेमा मात्रै कुरा गर्छन्। तर, मेरो ध्यान सधैँ यसमाभन्दा पनि टोलीलाई जिताउनेमा हुन्छ। कमेन्टरी बक्सबाट बोल्न र आफ्नो विचार व्यक्त गर्न सजिलो हुन्छ। पूर्वाग्रह नराखि हेर्ने हो भने लामो समय क्रिकेट खेलेकाहरूले मैदानमा के भइरहेको छ बुझिरहेका हुन्छन्,’ उनी भन्छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ