निलेन्द्रराज श्रेष्ठ (एनआरएस) फाउन्डेशनले रनिङ प्रशिक्षण आयोजना गर्ने भएको छ । एनआरएस फाउन्डेसनले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि प्रशिक्षणको बारेमा जानकारी गराएको हो ।
एनआरएस फाउन्डेशनले २ मे देखि २७ सेप्टेम्बरसम्म रनिङ प्रशिक्षण आयोजना गर्ने बताएको छ । रनिङ प्रशिक्षण काठमाण्डौंको दशरथ रङ्गशाला, स्वयम्भु, कीर्तिपुर, ललितपुर, भक्तपुर, पोखरा, हेटौंडा र लुम्बिनीगरि आठ स्थानमा सञ्चालन हुनेछ । स्वस्थ्य रहन लागि रनिङ आवश्यक भएको निस्कर्ष निकाल्दै रनिङको लागि प्रेरित गर्न रनिङ प्रशिक्षण आयोजना गर्न लागिएको आयोजक एनआरएसका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी गराए ।
४५० जना खेलाडीले सहभागिता जनाउने रनिङ प्रशिक्षण आयोजना गर्न ४० लाख भन्दा बढी खर्च हुने आयोजकले जानकारी गराएको छ ।
