मैत्रीपूर्ण खेलका लागि तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको भिसा आएपछि आज राति नै इङ्ल्यान्ड जाने भएको छ।
३० मध्ये नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेसहित ६ जना आज र टोलीका खेलाडी आज राति जाने निश्चित भएको छ भने
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित ५ जना भिआइपी र अन्य १५ जनाको भिसा भने अझै आइनसकेको बताइएको छ। भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले एन्फासँग मंगलबार जानकारी लिएका थिए । त्यस्तै मन्त्री श्रेष्ठले स्वीकृती नलिएका १५ पदाधिकारी अहिले इङ्ल्यान्ड बेलायत जान नपाउने पनि बताएका छन् ।
पूर्व निर्धारित समयमा नेपाली टोली इङ्ल्यान्ड नपुग्ने भएपछि मे ३ हुने भनिएको नेपाली टोली र ब्रिटिश आर्मी फुटबल क्लबबीचको खेल नहुने भएको छ। अब नेपाल र इङ्ल्यान्ड ‘सी’बीच मे ६ मा एक खेल मात्र हुनेछ।
मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा एन्फा महासचिव किरण राईसँग हिजो छलफल गरेका थिए।
