डर्टमुण्डसंग पराजित पिएसजी

युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ ।

डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप बिट गर्दै बनाएको रनमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका थिए । ५१औं मिनेटमा लगातार दुई पटक पिएसजीका किलियन एम्बाप्पे र अचर्याफ हकिमीले पोस्टमा प्रहार गरेका थिए । ५६औं मिनेटमा फाबियान रुइजले हेडर पोस्ट तर्फ प्रहार गर्न सकेनन् ।

६०औं मिनेटमा डर्टमुन्डका जेडन सान्चोको पासमा फुलक्रुगले बक्स भित्रबाट पोस्टभन्दा माथि प्रहार गरे । छ मिनेटपछि उनकै हेडर प्रयास पनि पोस्ट भन्दा माथिबाट बाहिरियो । ८१औं मिनेटमा पिएसजीका उसमान डेम्बेलेले पनि राम्रो अवसर खेर फाले । हकिमीको पासमा उनले पेनाल्टी स्पट नजिकबाट पोस्ट भन्दा माथि प्रहार गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ