बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

रोवर्ट लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाले स्पानिस ला लिगामा भ्यालेन्सियालाई ४-२ ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा लेवान्डोस्कीले दोस्रो हाफमा ह्याट्रिक गरेका थिए ।बार्सिलोनाका लागि फर्मिन लोपेजले २२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, ह्युगो डुराले २७औं र पेपेलु ३७औं मिनेटमा गोल गरेपछि भ्यालेन्सियाले पुनरागमन गर्दै पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ