पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले हात परेको छ। मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले पराजित गर्दै लुम्बिनी उपाधि जित्न सफल भएको हो।
लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै अलआउट भएको थियो। लुम्बिनीको जितमा अभिषेक गौतम एक्लैले ५ विकेट लिएका थिए भने नर सार्कीले २ तथा देव खनाल र निर्मल गुरुङले समान १-१ विकेट लिएका हुन् ।
मुलपानीमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ११६ रन बनाएको थियो । लुम्बिनीका लागि म्रिनाल गुरुङले ३० बलमा ३ चौका सहित सर्वाधिक २७ रन बनाउदा विराट भण्डारीले २३ बलमा २६ रन जोडे भने कृष्ण कार्कीले २२ रन बनाएका हुन् ।
