अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘सी’ डिभिजन लिग खेल्न वञ्चित गरेपछि आरसी ३२ का दुई खेलाडीले नेपाल फुटबल खेलाडी संघ गुहारेका छन्।
आफूविरुद्ध परेको ‘प्रोटेस’को जानकारीसमेत नदिई एन्फाले लिग खेल्न वञ्चित गरेको भन्दै सुमनबहादुर मगर र बबिन बोहराले नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी तथा अध्यक्ष विक्रम लामालाई पत्र लेख्दै खेलाडी संघ गुहारेका छन्।
१४ गते पाँचौँ चरणको खेल खेल्ने आउने क्रममा मैले खेल्न नपाउने ब्यहोरा जानकारीमा आउँदा म अचम्ममा परेको छु। मेरोविरुद्ध परेको प्रोटेसबारे मलाई एन्फाबाट कुनै पनि पत्राचार नभएको जानकारी गराउँदछु। एउटा खेलाडी सूचनाको हकबाट वञ्चित हुनु र बिना पुष्टि मौखिक रूपमा खेल खेल्न नपाउनु आफैँमा खेदपूर्ण कुरा हो। तसर्थ, खेलाडी संघसमक्ष न्यायका लागि यो निवेदन पेस गर्छु,’ उनीहरूले लेखेको पत्रमा भनिएको छ।
