नेपाल भलिबल संघको आयोजनामा आठौं प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल लिग अर्को महिना हुने भएको छ ।
गत चैतमा सम्पन्न आठौं आरबिबिएभिए भलिबल च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले जेठको १९ देखि २६ गते सम्म आयोजना हुने लिगमा प्रतिस्पर्धा गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा मार्फत जानकारी दिइएको छ। नेपाली भलिबलकै इतिहासमा सर्वाधिक पुरस्कार राशी ३१ लाख ४० हजार रुपैयाँ लिगमा प्रदान गरिने संघले जनाएको छ ।लिगको दुवैतर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले ५० हजार, दुवैतर्फको उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
उपत्यका बाहिरका टोलीले तयारी स्वरुप १ लाख २० हजार तथा उपत्यका भित्रका सहभागी टोलीका खेलाडीले दैनिक २ सय ५० रुपैयाँ दिइने संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिएका छन् भने लिगमा सहभागी टोलीले ३ खेलाडी राख्न पाउने छन् साथै प्रतियोगिता सन्चालनका लागि ७५ लाख रुपैयाँ खर्च हुने संघको अनुमान रहेको छ ।
