वेस्टइन्डिज ए सँग नेपाल पराजित

वेष्ट इण्डिज ए संग दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाल १० रनले पराजित भएको छ ।

१६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन बनायो । नेपालका रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्कासहित ७१ रनमा नट आउट रहे ।

गुल्सन झा ११ बलमा ३ चौका र २ छक्ककासहित २६ रन र लोकेश बम १६ बलमा १ चौका र २ छक्कासहित १७ रनमा आउट भए भने ओपनर अनिल शाह १, कुशल मल्ल शून्य, आरिफ शेख १२ र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भएका हुन्। वेष्ट इण्डिजका ओबेद म्याककोयले ४ ओभरमा २४ रन बनाउदै २ विकेट लिएका हुन्। गुडाकेश मोतीले ४ ओभरमा २२ रन बनाउदै २ विकेट लिएका हुन्। ओशान थोमस र रोस्टन चेशले १-१ विकेट लिएका हुन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ