मेस्सीले २ गोल गरेपछि मियामीले घरेलु टोली न्यु इङ्ल्यान्ड रिभोलुसनलाई ४-१ ले हराएको हो।
पहिलो मिनेटमै कार्लोस गिलको पासमा थोमस चान्काले गोल गर्दे न्यु इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाए। ३२औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा १-१ को बराबरी भयो । उनले रोबर्ट टेलरको पासमा गोल गरेका हुन्। ६८औं मिनेटमा मेस्सीले अर्को गोल गर्दै मियामीलाई २-१ को अग्रता दिलाए। त्यो गोलमा सर्जिलो बुस्केट्सको पास रह्यो ।
८३औं मिनेटमा मेस्सीको पासमा बेन्जामिन क्रेमास्चीले गोल गरे । ८८ औं मिनेटमा मेस्सीकै पासमा लुइस सुआरेजले गोल गर्दै मियामीलाई ४-१ को सहज जित दिलाए। जितसँगै मियामी ११ खेलमा २१ अंकसहित शीर्ष स्थानमा छ। ९ खेलमा ४ अंकका साथ न्यु इङ्ल्यान्डको तालिकाको पुछारमा छ।
