राष्ट्रिय खुला एलाइट कराते च्याम्पियनसिप अन्तर्गत कटारी डोजो च्याम्पियन

काठमाडौं, माघ १२ गते ।
कटारी डोजो राष्ट्रिय खुला एलाइट कराते च्याम्पियनसिपअन्तर्गत तौलसमूहको विधामा सोमबार टिम च्याम्पियन बनेको छ । कटारी ५ स्वर्ण, २ रजत र १ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।
एलाइट कराते ट्रेनिङ सेन्टर, टोखाको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा दोश्रो भएको ठेचो डोजोले ३ स्वर्ण हात पा¥यो ।
यसअघि पहिलो दिन आइतबार यु–४ उमेरसमूहमा टोखा किड्स केयर २१ स्वर्ण, यु–५ मा एभरेष्ट स्कुल २२ स्वर्ण, यु–६ मा माउन्ट ग्लोरी ३३ स्वर्ण, यु–७ मा एभेन्ज स्कुल ४९ स्वर्ण र यु–८ मा नाइटिङगेल स्कुल ४० स्वर्णसहित टिम च्याम्पियन बनेका थिए ।
दुईदिने प्रतियोगितामा विभिन्न उमेरसमूहमा १ हजार ६ सय ६१ खेलाडीले ३ सय २५ स्पर्धामा सहभागिता जनाएको प्रतियोगिता संयोजक रामकुमार थारुले जनाएका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ