एथलेटिक्सको सीइसीएस कोर्ष

काठमाडौं, माघ १२ गते ।
नेपाल एथलेटिक्स संघको आयोजनामा सीइसीएस लेभल १ कोर्षको दोश्रो चरण सम्पन्न भएको छ । दोश्रो चरणमा ३० प्रशिक्षक सहभागी थिए । यसअघि पहिलो चरणमा पनि ३० प्रशिक्षकले सहभागिता जनाएका थिए ।
सहभागीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामीलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ