साफ फुटसल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग २-१ ले पराजित

काठमाडौं, माघ ८ गते ।

थाइल्याण्डमा जारी साफ फुटसल च्याम्पियनसिपमा नेपाल बिहीबार माल्दिभ्ससँग २-१ ले पराजित भएको छ ।

बैंककस्थति नोनथाबुरी स्टेडियममा भएको खेलमा माल्दिभ्सका लागि अब्दुल्ला शाफिउ र कप्तान मोहम्मद इमरान गोल गरेका हुन् । नेपालका लागि विक्रान्त नरसिंह रानाले एक गोल गरे ।
च्याम्पियनसिपमा चार खेल खेल्दा दोस्रो हार बेहोरेको नेपाल उपाधि होडबाट बाहिरिएको छ ।

नेपालको ४ खेलबाट ५ अंक मात्र छ र अंकतालिकामा पाँचौ स्थानमा रहेको छ । श्रीलंकालाई पराजित गर्दे सुखद सुरुवात गरेको नेपालले भारत र पाकिस्तानसँग बराबरी खेल्दै चित्त बुझाएको थियो ।
माल्दिभ्सले भने अहिलेसम्म खेलेको चारवटै खेल जित्दै शतप्रतिशत नजिता निकालेको छ र ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । माल्दिभ्सले दोस्रो स्थानको बंगलादेश र तेस्रो स्थानको पाकिस्तानमाथि ५ अंकको स्पष्ट अग्रता बनाउँदै उपाधि होड बलियो बनाएको छ ।

माल्दिभ्सले अब बाँकी दुई खेल मध्ये एक खेल जितेपनि उपाधि जित्नेछ ।च्याम्पियनसिप अन्तर्गत आजै बंगलादेश र पाकिस्तान तथा भुटान र भारतबीच पनि खेल हुनेछ ।
यदि बंगलादेश र पाकिस्तानले बराबरी खेलेमा माल्दिभ्स दुई खेल अगावै आजै च्याम्पियन बन्नेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ