
काठमाडौं, माघ ८ गते ।
स्वर्ण पदक बिजेता खेलाडीलाई सेभ गार्ड फोर्सले नगदसहित सम्मान गरेको छ।
गत पुस २५ र २६ गते भारतको बैंगलोरमा सम्पन्न ‘ग्राउन्ड जिरो अन्तर्राष्ट्रिय क्यालिस्थेनिक्स प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडी प्रशिक्षक लगाएतलाई सेभ गार्ड फोर्सले नगदसहित सम्मान गरेको हो ।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सेभ गार्ड फोर्सका संस्थापक अध्यक्ष राजेश्वर थापा मार्केटिंग म्यानेजर मनोज खड्काले पदक बिजेता खेलाडीहरु समर लामा, ईसुरा राई र संगम अधिकारीलाई ४० हजार नगदसहित सम्मान गरेका थिए ।
साथै कोच जगदीश चन्द्र जोशी ‘ज्याक’ विश्वराज घिसिङ्गलाई सम्मान गरिएको हो । क्यालिस्थेनिक्समा समर लामा र ईसुरा राईले स्वर्ण र संगम अधिकारीले रजक पदक जितेका थिए भने ईसुरा राई यसै खेलमार्फत इटालीको रोममा हुने विश्व च्याम्पियनसिपको लागि छनोट भएकी छिन् ।
कार्यक्रममा रोममा हुने विश्व च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई सेभ गार्ड फोर्सले आर्थिक सहयोग गर्ने सम्बन्धमा सम्झौतामा हस्ताक्षरसमेत गरिएको थियो ।