च्याम्पियन्स लिग फुटबल बार्सिलोनाको जित

काठमाडौं, माघ ८ गते ।

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले जित हासिल गरेको छ ।

बार्सिलोनाले स्लाभिया प्राहालाई ४-२ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा फर्मिन लोपेजले २ गोल गर्दा डानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । स्लाभियाका लागि भासिल कुसेजले एक गोल गरे भने लेवान्डोस्कीबाट भएको आत्मघाती गोल उपहार स्वरुप पायो ।
खेलमा सुरुवाती अग्रता भने स्लाभियाले लिएको थियो । १०औं मिनेटमा कुसेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । फर्मिन लोपेजले ३४औं मिनेटमा बराबरी गोल फर्काए भने उनले ४२औं मिनेटमा गोल गरेपछि बार्सिलोना अगाडि आएको थियो ।

यद्यपी त्यसको दुई मिनेटपछि लेवान्डोस्कीबाट आत्मघाती गोल हुँदा पहिलो हाफअघि खेल फेरि बराबरीमा रोकियको थियो ।
दोस्रो हाफको ६३औं मिनेटमा ओल्मोले गोल गरेपछि बार्सिलोना ३-२ ले अगाडि रह्यो । ७० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको ४-२ को जित पक्का गर्यो ।

यो जितपछि ७ खेलमा १३ अंक जोडेको बार्सिलोना नवौं स्थानमा उक्लिएको । स्लाभिया प्राहा ३ अंकसहित ३४औं स्थानमा रहेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ