साफ महिला फुटसल च्याम्पियनसिप : माल्दिभ्समाथि नेपालको जित

काठमाडौं माघ २ गते ।

साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले माल्दिभ्समाथि फराकिलो जित हात पारेको छ ।
नेपाली राष्ट्रिय महिफा फुटसल टोलील अन्तर्राष्ट्रिय फुटसलमा ऐतिहासिक जित हात पारेको हो ।
थाइल्याण्डको बैंककमा भईरहेको साफ फुटसल च्याम्पियनसिप अन्तर्गत नेपालले बिहिवार आफ्नो दोस्रो खेलमा बिहीबार माल्दिभ्सविलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
हुवा माक रंगशालाको फुटसल एरिनामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन जेनिफर रानामगरले दुई तथा विमला चौधरी र मनिषा थापामगरले एक गोल गरे ।

माल्दिभ्सकले एक गोल आत्मघाती गोल नेपाललाई उपहार दिएको थियो ।

पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा एक गोल मात्र थप्न सक्यो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ