
काठमाडौं, माघ २ गते ।
काठमाडौँ । औषधि उत्पादकहरूको संस्था एप्पोन मार्केटिङ सर्कलको आयोजनामा छैटौँ संस्करणको एप्पोन कप फुटसल २०२६ प्रतियोगिता सुरु भएको छ। “द अल्टिमेट फार्मा स्पोर्ट्स ब्याटल” नारासहित आयोजना भएको प्रतियोगिता नेपाल फार्मा एक्स्पो २०२६ तर्फको रोड का रूपमा सञ्चालन गरिएको हो।
उक्त्त दुई दिने प्रतियोगिता काठमाडौँको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सुरु भएको छ । औषधि क्षेत्रसँग आबद्ध विभिन्न कम्पनी र संस्थाका १६ टीम टोलीहरूको सहभागिता रहेको छ।
सो प्रतियोगिताको प्रमुख अतिथिति एप्पोन का पुर्ब अध्यक्ष शङ्खर घिमिरे ,सुमित चन्द्र श्रेष्ठ,प्रसंशा श्रेष्ठ,पंकज तिवारी ,मार्केटिङ्ग सर्कल कोडिनेटर दिपेस प्रधान ,सन्तोष बराल लगाएतको उपस्थित रहेको थियो।
प्रतियोगिता उत्घाटन एप्पोन संस्थका अध्यक्ष बिप्लव अधिकारी ले रेफ्रीलाई बल हस्तातरण गरी खेल सुरु गरीएको हो।
अन्तर्गत भएको लिग चरणका खेलहरूमा औषधि उद्योगसँग आबद्ध विभिन्न कम्पनीबीच रोचक प्रतिस्पर्धा देखिएको छ। प्रतियोगिताका खेलहरूमा जितसँगै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।
प्रतियोगिताको एक खेलमा एशियन फार्मास्युटिकल्स प्रा.लि. ले बीडी फार्मास्युटिकल्स प्रा.लि. लाई ३–२ गोल अन्तरले पराजित गर्दै जित निकालेको हो। उक्त खेलमा एशियन फार्मास्युटिकल्सका सुनिल बी. चौधरी म्यान अफ द म्याच घोषित भए।
यस्तै, अर्को खेलमा एसआर ड्रग ल्याबोरेटोरिज प्रा.लि. ले डिभाइन हेल्थकेयर प्रा.लि. लाई ७–० को फराकिलो अन्तरले हरायो। सो खेलमा लक्ष्य के. चौधरी उत्कृष्ट खेलाडी बने।
नेशनल हेल्थकेयर प्रा.लि. ले ओम्निया ल्याबोरेटोरिज प्रा.लि. लाई ७–२ गोल अन्तरले पराजित गर्दा साजन सुवाल म्यान अफ द म्याच घोषित भए।
त्यसैगरी, क्वेस्ट फार्मास्युटिकल्स प्रा.लि. ले लोटस फार्मास्युटिकल्स प्रा.लि. लाई ४–२ ले हरायो। उक्त खेलमा सन्तोष क्षेत्री म्यान अफ द म्याच बने।
ओमेड फर्मुलेसन प्रा.लि. ले शिवम् फार्मास्युटिकल्स लि. लाई ६–० ले पराजित गर्दै प्रभावशाली जित हात पार्यो। खेलमा राजेश सुवाल उत्कृष्ट घोषित भए।
नेपाल फार्मास्युटिकल्स ल्याबोरेटोरी ले टाइम फार्मास्युटिकल्स प्रा.लि. लाई ५–१ ले हरायो। सो खेलमा रबिन एस. खत्री म्यान अफ द म्याच बने।
यस्तै, पानस फार्मास्युटिकल्स प्रा.लि. ले फार्मोनिक्स लाइफ साइन्सेस प्रा.लि. लाई ४–१ ले पराजित गर्दा सरोज बिष्ट म्यान अफ द म्याच घोषित भए।
अर्को खेलमा म्याग्नस फार्मा प्रा.लि. ले देउराली–जन्ता फार्मास्युटिकल्स प्रा.लि. लाई ३–१ ले हरायो। सो खेलमा दिलमन राई उत्कृष्ट खेलाडी बने।
नकआउट चरणको एक खेलमा एशियन फार्मास्युटिकल्स प्रा.लि. ले नेशनल हेल्थकेयर प्रा.लि. लाई १–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो। निर्णायक गोल तिराज मानन्धर ले गरे भने उनी नै म्यान अफ द म्याच घोषित भए।
अर्को खेलमा क्वेस्ट फार्मास्युटिकल्स प्रा.लि. ले एसआर ड्रग ल्याबोरेटोरिज प्रा.लि. लाई ४–० ले पराजित गर्यो। सो खेलमा समीर गौतम म्यान अफ द म्याच बने।
यस्तै, ओमेड फर्मुलेसन प्रा.लि. ले पानस फार्मास्युटिकल्स प्रा.लि. लाई ५–४ को कडा प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै विजयी भयो। उक्त खेलमा प्रकाश सुवेदी उत्कृष्ट खेलाडी घोषित भए।
बिजेताले ३० हजार उपविजेताले १५ हजार रुपैया प्राप्त गर्नेछन्।
एप्पोन मार्केटिङ सर्कल द्वारा आयोजित प्रतियोगिताको टाइटल स्पोन्सर यामाहा रेसिङ रहेको छ। यस्तै, उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड अलाइड साइन्सेस मेडिकल पार्टनर तथा फास्ट रिलिफ एनर्जी पार्टनरका रूपमा रहेका छन्।
प्रतियोगिताले औषधि क्षेत्रका व्यवसायीहरूबीच आपसी सम्बन्ध मजबुत बनाउने, खेलकुदमार्फत स्वास्थ्य र सहकार्यको सन्देश प्रवाह गर्ने अपेक्षा आयोजकले गरेको छ। ओफ नेपाल द्वारा आयोजित प्रतियोगिताको टाइटल स्पोन्सर यामाहा रेसिङ रहेको छ। यस्तै, उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एण्ड अलाइड साइन्सेस मेडिकल पार्टनर तथा फास्ट रिलिफ एनर्जी पार्टनरका रूपमा रहेका छन्।
