किरात राई यायोक्खाले द्वारा करातेका सन्तोष सम्मानित

काठमाडौं माघ २ गते ।
किरात राई यायोक्खाले कराते खेलाडी सन्तोष राईलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नुका साथै प्रशिक्षकको रुपमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएकोमा सन्तोषलाई किराया मनकुमारी साम्पाङ दुमी राई स्मृति खेलकुद पुरस्कारसहित २० हजार नगदबाट सम्मान गरिएको हो ।
सन्तोषले नवौं राष्ट्रिय खेलकुदको टिम कुमुते तथा प्रथम एनएआरएन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । उनले अमेरिकामा भएको हिराल्डो अन्तर्राष्ट्रिय कराते तथा युकेमा भएकोमा इकेएफ इआई कराते सिरिजमा रजत पदक जितेका छन् ।
सन्तोषलाई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।
सोही अवसरमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई हाङ यलम्बर स्मृति सम्मानबाट २ लाख २५ हजार नगदसहित सम्मान गरिएको थियो । कार्यक्रम उपराष्ट्रपति रामसहाय यादवको प्रमुख आतित्यथामा भएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ