झापाको बुद्धशान्तिमा फुटबल प्रतियोगिता हुँदै

झापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड युनाइटेड एफसीले भारतको नर्थ बंगाल एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

तेस्रो खेल सोमबार मानेभन्ज्याङ एफसी र धरान एफसीबीच हुनेछ भने चौथो दिनको मंगलबार खेल रेड हर्स एफसी इलाम र बेलबारी एफसीबीच हुने प्रतियोगिताका संयोजक तथा क्लबका पूर्वअध्यक्ष मनेष दाहालले जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका ८ टोलीको सहभागिता रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर जनाएको छ ।

प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख रुपैयाँ ट्रफी र मेडल पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याच हुने खेलाडीले तीन हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा २१ लाख ९६ हजार रुपैयाँ खर्च हुने संयोजक दाहालले जानकारी दिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ