इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल र फुलहमले बराबरी मा रोकियो

काठमाडौं, पुस २१ गते ।

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल र फुलहमले प्रतिस्प्रधात्मक बराबरी खेलेका छन् ।

फुलहमको घरेलु मैदानमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो । निर्धारित समय १-१ को बराबरीमा सकिन लाग्दा इन्जुरी समयमा फेरि दुवै तर्फबाट गोल भएका थिए । खेलको १७औं मिनेटमा ह्‍यारी विल्सनले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा फ्लोरिन विट्जले गोल गरेपछि खेल भने बराबरीमा ल्याएको थियो ।

इन्जुरी समयको चौथो मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई जित दिलाउने प्रयास गरेपनि त्यसको तीन मिनेटपछि ह्‍यारिसन रीडले गोल गर्दै टोलीलाई हारबाट भने जोगाए ।
बराबरीपछि फुलहम २८ अंकसहित ११औं स्थानमा उक्लिएको छ । लिभरपुल ३४ अंकसहित चौथोमा यथावत् कायक राखेको छ ।

गएराति नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले एभर्टनलाई ४-२ गोलअन्तरले पराजित गर्‍यो भने न्युकासलले क्रिस्टल प्यालेसलाई २-० गोलअन्तरले पराजित गर्‍यो ।

म्यान्चेस्टर युनाइटेड र लिड्स युनाइटेडले १-१ गोलको बराबरीमा टुङ्ग्गियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ