राष्ट्रिय हाप्किडो तालिम २०८२ आलितालमा सम्पन्न

काठमाडौं, पुस २१ गते ।
आलिताल, सुदुरपश्चिम – नेपाल हाप्किडो संघको स्वीकृत, सुदुरपश्चिम प्रदेश हाप्किडो संघको आयोजना तथा आलिताल गाउँपालिकाको व्यवस्थापनमा आयोजित राष्ट्रिय हाप्किडो सीप सुधार तालिम २०८२ एक कार्यक्रमबीच समापन भएको छ । पौष १७ गते देखी १९ गतेसम्म आयोजना भएको सेमिनार हाप्किडो खेलको प्रवद्र्धन, खेलाडी तथा प्रशिक्षकहरूको सीप अभिवृद्धि तथा आधुनिक प्रविधिसँग खेललाई जोड्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।
तालिम अवधिभर सहभागीहरूलाई हाप्किडोका आधारभूत तथा उन्नत प्रविधि, आत्मरक्षा कौशल, शारीरिक सन्तुलन, अनुशासन, खेल नैतिकता तथा प्रशिक्षण विधिबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । अनुभवी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरूको प्रत्यक्ष प्रशिक्षणले सहभागीहरूको सीप, दक्षता र आत्मविश्वासमा उल्लेखनीय सुधार आएको आयोजकले बताए ।
समापन कार्यक्रममा प्रमुख अतिथि आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की तथा विशिष्ट अतिथि नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरलगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिती थियो । कार्यक्रममा प्रशिक्षक, खेलाडी तथा हाप्किडो संघका पदाधिकारीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्कीले भने, नेपाल हाप्किडो संघले राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरी आलिताल गाउँपालिकालाई राष्ट्रिय रूपमा चिनाउने अवसर प्रदान गरेको छ । यसले स्थानीय युवामा खेलप्रतिको रुचि बढाउनुका साथै खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ । यस्ता कार्यक्रमले आलितालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक पहिचान र पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पारेको छ । आगामी आर्थिक वर्षमा आलितालमा बृहत राष्ट्रिय हाप्किडो प्रतियोगिता आयोजनामा हामी सहयोग गर्ने प्रतिबद्धता जनाउँछौं ।
त्यसैगरी, विशिष्ट अतिथि घर्ती मगरले भने, राष्ट्रिय स्तरका यस्ता सीप सुधार तालिमहरूले खेलाडीहरूको क्षमता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य बनाउने आधार तयार पार्ने भएकाले नेपालमा हाप्किडो खेलको भविष्य उज्यालो हुनेछ ।
कार्यक्रममा तालिम सफलतापूर्वक सम्पन्न गर्न योगदान पु¥याउने नेपाल हाप्किडो संघका प्रमुख प्रशिक्षक प्रविण गुरुङ, आयोजक टोली तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो । साथै तालिम पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । सहभागी खेलाडीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै भविष्यमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रम संयोजक तथा प्रशिक्षक राजेन्द्र मडैले आगामी दिनमा पनि हाप्किडो खेलको विकास र विस्तारका लागि यस्ता तालिम, प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ