बागमतीद्वारा कर्णाली ७ विकेटले पराजित

शीर्ष स्थानमा रहेको बागमती प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनसिपमा पुन आफ्नो जीत् निकालेको छ।

पहिलो खेलमा मधशेसँग ६ विकेटले पराजित भएको बागमतीले त्यसपछि भने हार बेहोर्नु परेको छैन। त्यसपछि गण्डकीलाई ६७ र कोशी प्रदेशलाई बागमतीले ७ रनले पराजित गरेको थियो। कर्णालीले दिएको २२१ रनको लक्ष्य लक्ष्य बागमतीले १४.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो। बागमतीमा कप्तान रित गौतमले सर्वाधिक ३३ रन तथा शुभ कंसाकार र इशान पाण्डेले समान २८/२८ रन बनाए।

भने कर्णालीका अनुज चनारा, दिनेश अधिकारी र युनिश ठकुरीको नाममा १/१ विकेट रह्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १२० रन मात्र बनाएको हो। कर्णालीका विपिन शाहीले ५१ रन बनाएपनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। बागमतीका गौतम केशीले ३.४ ओभरमा १८ रन खर्चिएर ५ विकेट लिए। यस्तै, सोनु देवकोटा र रिजन ढकालको नाममा समान २/२ विकेट रह्यो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ