नवौं एनभीए भलिबल च्याम्पियनशिपको महिलातर्फ न्युडायमन्ड र नेपाल पुलिस क्लब फाइनलमा

काठमाडौं, पुस १८ गते ।

न्युडायमन्ड भलिबल क्लब र नेपाल पुलिस क्लब नवौं एनभीए भलिबल च्याम्पियनशिपको महिलातर्फ फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा न्यु डायमन्डले नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो । न्यु डायमन्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–७ ले जित्यो ।

यस्तै दोस्रो सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१२, तेस्रो सेट २५–१४ र चौथो सेट २५–१८ ले जित्यो । आर्मीले दोस्रो सेट ३१–२९ ले जित्यो ।
महिला र पुरुष दुवैतर्फको फाइनल शनिवार हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ