
काठमाडौं, पुस १८ गते
इंग्लिस प्रिमियर लिगमा बिहीबार भएका चारै खेल बराबरीमा टुंगेका छन् । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले सन्डरल्यान्डसँग गोलरहित बराबरी खेल्दै सकाएका हुन् ।
चौथो स्थानमा रहेको लिभरपुलले लिड्स युनाइटेडसँग विना गोलको बराबरी नतिजा मात्र निकाल्न सक्यो । यस्तै ब्रेन्टफोर्ड र टोटनहमले पनि गोलरहित बराबरीमै चित्त बुझाउनु पर्यो।
क्रिस्टल प्यालेस र फुलहमले भने १–१ को बराबरी खेले । साथै प्यालेसले जिन फिलिपे माटेटाको गोलले अग्रता लिएपछि फुलहमका लागि टम केनरीले बराबरी गोल फर्काए ।
लिग तालिकामा सिटी ४१ अंकमा दोस्रो र लिभरपुल ३३ अंकमा चौथोमा स्थानमा छ ।