काठमाडौं, पुस ६ गते ।
नेपाली महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठक नेपाल आइपुगेका छन् ।
पाठक गत मंगलबार नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षक नियुक्त भएका थिए । महिला क्रिकेट टोलीमा पहिलोपटक विदेशी मुख्य प्रशिक्षक नियुक्त भएका हुन् ।

पाठकसँग थाइल्यान्ड क्रिकेटमा मात्रै ७ वर्षको प्रशिक्षण अनुभव छ । उनकै प्रशिक्षणमा थाइल्यान्डले सन् २०२० मा पहिलोपटक टी-२० विश्वकप खेलेको थियो ।

नेपाली महिला टोलीले घरेलु मैदानमै आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ ।
