काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो संस्करणको काष्ठमण्डप कपमा ५ टिम च्याम्पियन

काठमाडौं, पुस २ गते ।
काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो संस्करणको काष्ठमण्डप कप–२०२५ अन्तर्गत बास्केटबल र फुटसल प्रतियोगिता बुधवार सम्पन्न भएको छ।


टीआईए, दीक्षालय, आयोजक काष्ठमण्डप विद्यालय, वेदव्यास र रातो बंगला तेश्रो काष्ठमण्डप कपमा बुधबार च्याम्पियन बनेका छन् । बास्केटबलको ब्वाइजमा टीआईए र गल्र्समा दीक्षलय पहिलो भए । फुटसलको जुनियर ब्वाइज यु–१३ मा काष्ठमण्डप, सिनियर ब्वाइजमा वेदव्यास र गल्र्समा रातो बंगलाले उपाधि जिते ।
बास्केटबलको ब्वाइज फाइनलमा टीआईएले मातृभूमिलाई ५८–४३ ले पराजित ग¥यो । टीआईएका रोशन नगरकोटीले २९ अंक जोडे ।
गल्र्सको उपाधि भिडन्तमा दीक्षालयले काष्ठमण्डपलाई १५–१४ को झीनोअन्तरले हरायो । दीक्षलयकी लाक्पा डोमा शेर्पाले ९ स्कोर गरिन् ।
ब्वाइजमा टीआईएका वर्दान थापा तथा गल्र्समा दीक्षालयकी दिपशिखा गोले तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
फुटसल तर्फ
जुनियर ब्वाइजको फाइनलमा काष्ठमण्डपले विद्यावाणी पाठशालालाई ४–१ गोलअन्तरले पराजित ग¥यो । काष्ठमण्डपका सुजस्विन ओझाले २ तथा वैभवसिंह भण्डारी र सिद्धार्थ वज्राचार्यले १–१ गोल गरे ।
सिनियर ब्वाइजको फाइनलमा वेदव्यासले मातृभूमिलाई १–० गोलले हरायो । अनमोल न्यौपानेले निर्णायक गोल गरे ।
सिनियर गल्र्सको फाइनलमा रातो बंगलाले एभीएमलाई १–० गोलले पाखा लगायो । रातो बंगलाकी अदिति रावलले गोल गरिन् ।
प्रतियोगिताअन्तर्गत बास्केटबल र फुटसल विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गरिएको छ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन, नेतृत्व क्षमता र अनुशासनका आधारमा विभिन्न समूहका खेलाडीहरू छनोट गरी सम्मान गरिएको हो।
विशेष पुरस्कारतर्फ ब्वाइजको ‘मोस्ट भ्यालुएबल प्लेयर को उपाधि टीआइए का बर्दान थापा ले प्राप्त गरे भने गल्र्सतर्फको ‘मोस्ट भ्यालुएबल प्लेयर’ दीक्षालय फाउन्डेसन नेपाल स्कुलकि दीपशिखा गोले तामाङ ले प्राप्त गरिन्।


जुनियर ब्वाइजतर्फ (यु-१३) को उत्कृष्ट खेलाडी का रूपमा काष्ठमण्डप विद्यालयका सुजस्विन ओझा घोषित भए भने सोही उमेर समूहको उत्कृष्ट गोलरक्षक को उपाधि काष्ठमण्डपकै सौर्य गौतम ले हात पारे।
सिनियर ब्वाइजतर्फ उत्कृष्ट खेलाडी वेदव्यास बोर्डिङ स्कुलका अनमोल न्यौपाने बने। त्यस्तै, सिनियर ब्वाइजतर्फ उत्कृष्ट गोलरक्षक को पुरस्कार मातृभूमि स्कुलका रियान महर्जन ले जिते।
सिनियर गल्र्सतर्फको उत्कृष्ट खेलाडी को उपाधि रातो बंगला स्कुलकी सान्वी कार्की ले प्राप्त गरिन् भने उत्कृष्ट गोलरक्षक का रूपमा रातो बंगला स्कुलकै लिना घिमिरे सम्मानित भइन्।
विजेतालाई बूढानीलकण्ठ नगरपालिका वडा ९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे र काष्ठमण्डपकी संस्थापक एवं निर्देशक डा. शिवा थापाले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइज÷गल्र्समा समान १२–१२ टिम सहभागी थिए । फुटसलको जुनियर ब्वाइजमा १२, सिनियर ब्वाइजमा ९ र सिनियर गल्र्समा ८ टिमले भाग लिएको काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।
फुटसल विधामा पनि खेलाडीहरूको प्रदर्शनका आधारमा उत्कृष्ट छनोट गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताले विद्यालय तहका खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागी तथा प्रशिक्षकहरूको भनाइ छ।
आयोजकका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै अनुशासन, टोली भावना र नेतृत्व विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ