काष्ठमण्डप ‘ए’ र दीक्षालय फाईनलमा

काठमाडौँ, पुस १ गते ।
काष्ठमण्डप ‘ए’र दीक्षालय तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको गल्र्समा मंगलबार फाईनलमा प्रवेश गरेका छन् ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भइरहेको प्रतियोगितामा काष्ठमण्डप ‘ए’ले इम्पेरियल वल्र्डलाई ३३ –७ ले हराउदै फाईनलमा प्रवेश गरेको छ। अर्को खेलमा मातृभूमिलाई १९ –१३ दीक्षालयनेपालले फाईनलमा स्थान सुरक्षित गरे।
ब्वाइजमा टीआईएले बूढानीलकण्ठलाई ४४–२० ले पराजित गर्यो। मल्पी सिटीलाई मातृभूमिले ६० – ३७ हराउदै फाईनलमा स्थान सुरक्षित गरे।
फुटसलतर्फ
सिनियर ब्वाइजमा द एक्सेल्सियर र मातृभूमिबीचको खेल १–१ गोल को बराबरीमा सकिएपछी खेल ट्राईबेकरमा धकेलीयको थियो र ट्राईबेकरमा मातृभूमिले द एक्सेल्सियर ३–२ गोल अन्तरले हराउदै फाईनलमा प्रवेश गरेको हो ।
जुनियर ब्वाइजमा काष्ठमण्डप ए ले पुष्पाञ्जलीलाई ३–० हराउदै फाईनलमा यात्रा तय गरेको हो। विद्यावाणीले द एक्सेल्सियरलाई १–० ले पाखा लगाउदै फाईनलमा प्रबेस गरेको हो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ