एसियन सर्कल कबड्डी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने नेपाली महिला तथा पुरुष टोली घोषणा

काठमाडौँ, पुस १ गते ।

मलेसियामा हुने महिला तथा पुरुष एसियन सर्कल कबड्डी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने नेपाली महिला तथा पुरुष टोली घोषणा भएको छ ।

अखिल नेपाल कबड्डी संघले सोमबार महिला र पुरुष टोली घोषणा गरेको हो । दुवै टोलीमा १२-१२ खेलाडी छन् भने २-२ वैकल्पिक खेलाडी समावेश गरिएको छ ।
एसियन सर्कल कबड्डी प्रतियोगिता मलेसियाको राजधानी क्वालालम्पुरमा आगामी फागुन १५ देखि १७ गतेसम्म हुने नेपाल कबड्डी संघले जनाएको छ ।

घोषित महिला टोलीमा कप्तान मान मती विष्ट ,जयन्ती बडु, अनुजा कुलुङ राई, मेनुका कुमारी राजवंशी, नानुमाया पराजुली, मिना नेपाली, राधिका कठायत, आश्मा यादव, निशा खत्री, कलावती पन्त, विनीता पण्डित क्षेत्री र पुष्पा चौधरी रहेका छन् ।
यस्तै सृजना धानुक र कलावती विष्टलाई वैकल्पिक खेलाडीको रुपमा समावेश छन् ।

यसैगरी पुरुषतर्फ घनश्याम रोकामगर, गणेश पार्की, कल्याण भुजेल, पदम बहादुर विष्ट, सुशील चुनारा, गोविन्द खड्का, सुरज बोहरा, सागर यादव, संस्कार कुमार, प्रवीण खड्का, नीरज चन्द र सुशीलराम लोहार रहेका छन् । घनश्याम यादव र शम्सेर मियालाई वैकल्पिक खेलाडीमा छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ