तेश्रो काष्ठमण्डप कपअन्तर्गत काष्ठमण्डप क्वाटरफाइनलमा

काठमाडौं, मंसिर २६ गते ।
आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले टीआईएलाई २५–६ ले पराजित ग¥यो । इम्पिरियल वल्र्ड स्कुलले लिटिल वन्डरलाई १२–६ ले हराउदै क्वाटरफाइनलमा पुग्यो । समूह चरणको अर्को खेलमा दीक्षालयले काष्ठमण्डप ‘बी’ लाई २४–८ ले पाखा लगायो ।
ब्वाइजमा बूढानीलकण्ठले रिलायन्स को–एडलाई ४७–२६ तथा कान्तिपुरले काष्ठमण्डप ‘बी’ लाई २१–७ ले पन्छ्याउदै क्वाटरफाइनलमा स्थान बनाए ।


फुटसल तर्फ


फुटसलको जुनियर ब्वाइजमा ग्यालेक्सी पब्लिक स्कुलले इम्पिरियल वल्र्डलाई २–० गोलले पराजित ग¥यो । ग्यालेक्सी र काठमाडौं प्रज्ञाकुञ्जले १–१ तथा इम्पिरियल र प्रज्ञाकुञ्जले गोलरहित बराबरी खेले ।

पाँचै विधाका खेल लिग कम नकआउट आधरमा हुने छ । खेल मण्डिखाटारस्थित आयोजकको कोर्ड भैरहेको छ।
साथै प्रतियोगिताका बिजेताले शिल्ड मेडल तथा ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछन।
प्रतियोगिता पुष दुई गते सम्म संचालन हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ