पाँचौं एसियाली युथ पारा गेम्स अन्तर्गत स्वीकृतलाई रजत


काठमाडौं, मंसिर २६ गते ।
दुबइमा भइरहेको पाँचौं एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यु–२३ पुरुष सिंगल्स (क्लास ७) मा स्वीकृत न्यौपानेले रजत जितेका  छन् ।
स्वीकृत समूह चरणमा पहिलो हुँदै सेमिफाइनलमा पुगेका थिए । समूह चरणमा स्वीकृतले काजाकिस्तान, किर्गिस्तान र इराकका खेलाडीलाई पराजित गरेका थिए । सेमिफाइनलमा स्वीकृतले फिलिफिन्सका खेलाडीलाई ३–१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरेका थिए । फाइनलमा स्वीकृत चाइनिज ताइपेईंसंग २–३ ले चुके ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ