
काठमाडौँ, मङ्सिर २४ गते ।
काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो संस्करणको काष्ठमण्डप कप–२०२५ अन्तर्गत बास्केटबल र फुटसल प्रतियोगिता सुरु भएकोछ।
उक्त प्रतियोगिताको उत्घाटन संस्थापक प्रिम्सिपल डा .तथा निर्देशक शिबा थापाले एक कार्यक्रम बीच रेफ्रीलाई बल हस्तातरण गरी उत्घाटन गर्नु भएको हो।

बास्केटबलको सिनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमको सहभागिता रहेको छ । फुटसलको सिनियर ब्वाइजमा ९, जुनियर ब्वाइजको यु–१३ मा १२ तथा सिनियर गल्र्समा ८ टिमले भाग लियका छन् ।
बास्केटबलतर्फ (सिनियर ब्वाइज/सिनियर गर्ल्स)
बुधबार सम्पन्न खेलहरूमा छात्र तर्फ टीआईएले मातृभूमिलाई ४६ –३५ ले पराजित गर्दा छात्रा तर्फ काष्ठमण्डप ‘ए’ ले मातृभूमिलाई १२–११ ले हरायो।
त्यस्तै, छात्रा तर्फ काठमाडौँ मेरिडियनले लिटिल वण्डरमाथि १२–४ को जित निकाल्यो भने द एक्सेल्सियरले संस्कृत अन्तर्राष्ट्रिय विद्यालयलाई १८–८ ले पराजित गर्यो।
छात्र तर्फ कान्तिपुरले अध्यायनलाई ३२–१० ले हराउँदा माल्पी सिटीले काष्ठमण्डप ‘ए’ लाई २४–१४ ले पराजित गरेको छ।

फुटसलतर्फ (सिनियर ब्वाइज/गर्ल्स/जुनियर ब्वाइज)
फुटसलतर्फ सिनियर ब्वाइजतर्फ मातृभूमि र काष्ठमण्डप ‘बी’बीचको खेल १–१ को बराबरीमा टुंगियो ।
मातृभूमिले जुनियर ब्वाइजतर्फ अनमोल ज्योतिलाई ३–२ ले हरायो भने सिनियर ब्वाइजतर्फ मातृभूमिले काठमाडौँ मेरिडियनलाई २–१ ले पराजित गर्यो ।
जुनियर ब्वाइजमा मातृभूमि र लिटिल वण्डरबीचको खेल १–१ को बराबरीमा सकियो । सिनियर ब्वाइजतर्फ त्यसैगरी काष्ठमण्डप ‘बी’ ले काठमाडौँ मेरिडियनलाई २–० ले हरायो भने जुनियर ब्वाइजतर्फ लिटिल वण्डरले अनमोल ज्योतिमाथि ३–२ को जित निकाल्यो ।
त्यसै गरी ग्यालेक्सी पब्लिक र द एक्सेल्सियरबीच सिनियर ब्वाइजतर्फको खेल १–१ को बराबरीमा टुंगियो। छात्रा तर्फ ग्यालेक्सी पब्लिक र काष्ठमण्डप ‘ए’बीचको खेल पनि १–१ को बराबरीमा सकियो।
सिनियर ब्वाइजतर्फ काष्ठमण्डप ‘ए’ र द एक्सेल्सियरबीचको खेल २–२ को बराबरीमा सकिँदा, छात्रा तर्फ ग्यालेक्सी पब्लिकले न्यू मिलेनियमलाई ४–१ ले पराजित गर्यो।
पाँचै विधाका खेल लिग कम नकआउट आधरमा हुने छ । खेल मण्डिखाटारस्थित आयोजकको कोर्ड भैरहेको छ।
साथै प्रतियोगिताका बिजेताले शिल्ड मेडल तथा ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछन।
