एनपिएल एलिमिनेटर : काठमान्डुद्वारा लुम्बिनीलाई ११२ रनको लक्ष्य

काठमाडौँ, मङ्सिर २४ गते ।

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा काठमान्डु गोर्खाजले जितका लागि लुम्बिनी लायन्सलाई एक सय १२ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.१ ओभरका सबै विकटको क्षतिमा एक सय ११ रन बनाएको हो ।

पावर प्लेमै चार विकेट गुमाएको काठमान्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । यस्तै जोन सम्पसन र मोहमद आदिल आलमले १८/१८ र भिम सार्कीले १४ रन बनाए ।
काठमान्डुलाई धरासायी बनाउन बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले तीन तीन विकेट लिए । रुवेन ट्रम्पलम्यानले दुई तथा अविनाश गौतमले एक विकेट लिए ।

आज जित्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । हार्ने टाली बाहिरिनेछ । दोस्रो क्वालिफायरमा बिहीबार पहिलो क्वालिफायरमा पराजित भएको विराटनगर किङ्स र आजको विजेताबिच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायर विजेता सुदूरपश्चिमले फाइनलमा स्थान बनाई सकेको छ ।

लिग चरणको खेलपछि काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेको थियो। लिग चरणको खेलमा काठमान्डु लुम्बिनीलाई २२ रनले हराएको हो । त्यसैले लुम्बिनीलाई आज काठमान्डुसँग बदला लिने राम्रो मौका रहेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ