साफ महिला क्लब च्याम्पियनसिप : कराची र नस्रिनले बराबारीमा रोकियो

काठमाडौं,मंसिर २३ गते ।
साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानी क्लब कराची सिटी एफसी र बंगलादेशी टिम नस्रिन स्पोर्ट्स एकेडेमीले अंक बाँडेका छन् । सोमबार भएको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कराची र नस्रिनबीच भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

प्रतियोगितामा यो कराचीको दोस्रो बराबरी हो । कराचीले यसअघि सम्पन्न उद्घाटन खेलमा भुटानी टिम ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीसँग गोलरहित बराबरी गरेको थियो ।

यो नतिजासँगै नस्रिनले दुई खेलमा दुई बराबरी खेल्दै तालिकामा दुई अंक जोडेको छ ।

नस्रिनको भने यो पहिलो बराबरी हो । यसअघि नस्रिनले भने पहिलो खेलमा घरेलु टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबसँग ४–० को हार व्यहोरेको थियो ।

नस्रिनले दुई खेलमा समान एक हार र बराबरीसँगै पहिलो अंक जोडेको छ ।

सोमबार नै प्रतियोगिताअन्तर्गत भएको खेलमा भारतीय टोली इस्ट बंगालले भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीविरुद्ध ४–० को फराकिलो जित निकालेको थियो ।
उक्त प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा हुनेछ ।
पहिलो र दोस्रो स्थान हासिल गर्नेले फाईनलका लागी प्रतिस्पर्धा गर्नेछन । प्रतियोगिताका बिजेताले १० हजार अमेरकि डल्लर उपविजेताले ५ हजार अमेरिकी डल्लर प्राप्त गर्नेछन।
बाकी टोलीले दुई दुई हजार अमेरिकी डल्लर प्राप्त गर्नेछन।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ