नेपाल तेक्वान्दोसंघ र कोरियन राजदूतको संयुक्त्त आयोजनामा १३ औं एम्बास्डोर तेक्वान्दो सुरु

काठमाडौँ, मङसिर १५ गते ।

नेपाल तेक्वान्दोसंघ र अन्तर्राष्ट्रिय कोरियन राजदूतको संयुक्त्त आयोजनामा १३ औं एम्बास्डोर तेक्वान्दो च्याम्पियनशिप सुरु भएको छ।
नेपाल तेक्वान्दोसंघ र कोरियन राजदूत अन्तर्राष्ट्रिय १३औं तेक्वान्दो च्याम्पियनशिपको संयुक्त्त उद्घाटन एक विशेष समारोहका बीच सम्पन्न भएको छ।


उद्घाटन समारोहमा प्रमुख अतिथि कोरियाका राजदूत हिज एक्सिलेन्सी पार्क ताईयोङ्ग तथा पुर्व युवा तथा खेलकुद मन्त्री माननीय बिराज भक्त श्रेष्ठले संयुक्त उपस्थितिमा कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको थियो। कार्यक्रममा राष्ट्रिय गीतसहित कोरिया र नेपालको राष्ट्रिय गान बजाइएको थियो।

नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले स्वागत मन्तव्य राख्दै प्रतियोगिताबाट नेपाल–कोरिया मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरे। समारोहमा ‘किड्स प्लानेट मोन्टेसरी चाइल्ड केयर सेन्टर’ तथा ‘जेस्सेस इन्टरनेसनल बोर्डिङ स्कुल’का विद्यार्थीहरूले नेपाली सांस्कृतिक नृत्य प्रस्तुत गरे।

कुक्किवोनबाट प्राप्त मानार्थ डान प्रमाणपत्रहरू वितरण गरिएको कार्यक्रममा पूर्व युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए। एचटुबी समूहले प्रस्तुत गरेको के–पप नृत्य तथा नेपाल तेक्वान्दो संघको राष्ट्रिय प्रदर्शन टोलीले देखाएको तेक्वान्दो डेमोले वातावरण झनै उत्साहपूर्ण बनेको थियो।

अन्त्यमा आयोजक समितिका अध्यक्ष तथा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दले धन्यवाद ज्ञापन गर्दै प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे। समारोहपछि अतिथि र सहभागीहरूलाई जलपानको व्यवस्था गरिएको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ