
काठमाडौँ, मङसिर १५ गते ।
स्पेनिस लालिगा फुटबलमा रियल मड्रिडले गिरोनासँग बराबरी खेलेको छ । गिरोनाको घरेलु मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।
खेलको ४५ औं मिनेटमा एजेडिन ओनाहीले गोल गर्दै गिरोनालाई अग्रता दिलाएका थिए भने ६७औं मिनेटमा किलियन एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । खेलमा त्यसपछि कुनै गोल भएनन् । बराबरीपछि रियल १४ खेलमा ३३ अंक जोडेर दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको समान खेलमा ३४ अंक छ ।
अघिल्लो दिन भएको खेलमा बार्सिलोनाले अलाभेसलाई हराउँदै शीर्षस्थानमा उक्लिएको थियो। रियलको बराबरीपछि बार्सिलोना कम्तीमा यो सातालाई शीर्षमा कायमै राखेकोछ ।