
काठमाडौं, मंसिर १४ गते ।
नेपाल स्क्वास तथा र्याकेट्स संघद्वारा आयोजित चौथो अन्तरक्लब स्क्वास अन्तर्राष्ट्रियटिम च्याम्पियनसिप २०२५ चौथो संस्करण स्क्वास खेल प्रतियोगिता सुरु भएकोछ।
उक्त्त प्रतियोगिता सातदोबाटो स्थित स्क्वास कम्पेल्समा भएको हो। प्रतियोगिता बुधवार सम्म चल्नेछ साथै प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य सुबर्ण श्रेष्ठ , स्क्वाससंघ का अध्यक्ष धुर्ब गुरुङ लगाएतले एक कार्यक्रम बीच र्याकेट हस्तातरण गरी गर्नु भएको हो।
पाल स्क्वासको सादोबाटो स्थित कोर्टमा सञ्चालन भएको यस प्रतियोगिता मा पुल ए तर्फ टिम पिआरसीले बृतिस स्कुल टिमलाई ३ सुन्नाले हराई ४ अङ्क प्राप्त गर्न सफल भयो। सोही पुलका स्क्वास क्वीन टिमले ट्रेन्डि बियर्स टिमलाई पनि ३-० को जितले जित गरी चार अंक हासिल गर्न सफल भयो। गोर्खा राइफल्स ए ले गोर्खा राइफल सी लाई ३-०ले हराइ चार अङ्क प्राप्त गर्यो। पुल एका ट्रेन्डि बियर्स टिमले ब्रुनाईका गोर्खा राइफल सी लाई २-१ ले हरायो साथै ब्रुनाईका गोर्खा राइफल्स ए ले ब्रिटिस स्कुललाई ३-०को सोझो सेट हराइ चार अंक प्राप्त गर्यो।
पूल बी का सिंगापुर लाहुरे टिमले, टिम भारतलाई २-१ ले हराइ तीन अंक प्राप्त गर्नु गर्यो, सोही पुलमा ब्रुनाईका गोर्खा गोरखा राइफल्स बि ले तीम भारत लाई २-१ हराई तीन अङ्क प्राप्त गर्यो। पुन सिंगापुर लाहुरे टिमले गोरखा राइफल्स बि लाई ३–० ले हरायो ।आजसम्मको खेल नतिजा अनुसार पुल ए मा ब्रुनाइका गोर्खा राइफल्स ए अग्रस्थानमा रहन सफल भयो दोस्रो र तेस्रो स्थानमा राष्ट्रिय महिला खेलाडीको टिम स्क्वास क्वीन र टिम पिअर सी रहन गएको छ। साथै पुल बिलतर्फ सिंगापुर लाहुरे अग्रस्थानमा रहन सफल भयो उक्त टिमलाई पछ्याउँदै टिम भारत र ब्रुनाईका गोर्खा राइफल बी तेस्रो स्थानमा स्थापित हुन गएको छ ।
साथौ यश प्रतियोगितामा १४ टिमले सहभागी जनाएकाछन ।