नेपाल चेम्बर अफ कमर्सको ७५औँ डायमण्ड जुबिली अवसरमा वाकथन २०२५ सफलतापूर्वक सम्पन्न

काठमाडौं, मंसिर १३ गते।
नेपाल चेम्बर अफ कमर्सको ७५औँ डायमण्ड जुबिली (हीरक जयन्ती)को अवसरमा आयोजना गरिएको ‘एनसीसी वाकथन २०२५’ अन्तर्गत आयोजक समितिको अध्यक्ष राजेश काजी श्रेष्ठ को नेतृत्वमा सफलतापूर्वक सम्पन्न भएको छ। चेम्बरका सदस्य, व्यापार समुदायका प्रतिनिधि तथा स्थानीय क्षेत्रमा रहेका सहभागीकै उल्लेख्य उपस्थितिमा वाकथन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

वाकथन जमलबाट सुरुभै भोटाहिटी ,असन ,इन्द्रचोकहुँदै बसन्तपुरमा पुगेर सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरूले स्वास्थ्य, एकता र चेम्बरको दीर्घ यात्रा प्रतीकात्मक रूपमा एकसाथ अघि बढाउँदै ७५ वर्षे योगदानलाई सम्मानजनक रूपले स्मरण गरेका थिए।

चेम्बरका पदाधिकारीहरूका अनुसार, डायमण्ड जुबिली वर्षमा आयोजित यो वाकथनले संस्थाको इतिहास, उपलब्धि र भविष्यप्रति रहेको प्रतिबद्धतालाई झनै सुदृढ बनाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ