
काठमाडौँ, मङ्सिर १० गते ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि चितवन राइनोजले विराटनगर किङ्सलाई एक सय ७५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७४ रन बनाएको हो ।
चितवनका लागि रवि बोपराले अर्धशतकीय पालि खेले भनेउनले ३८ बलमा तीन चौका र चार छक्काको सहोगमा सर्वाधिक ६५ रन बनाय ।
यस्तै सैफ जईवले ३२, कप्तान कुशल मल्लले अविजित २०, देव खनालले २८ र डेविड मलनले १७ रन बनाय। बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्सेन्ट डे लन्जले दुई दुई तथा शुभम् रन्जनेले एक विकेट लिय।
विराटनगर किंग्स भने लगातार चौथो जित निकाल्ने तयारीमा रहेकोछ । अपराजित विराटनगर यसअघिका तीन खेल जितेर ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।
विराटनगर एनपिएलमा अपराजित कायम राखेको छ । समान ६ अङ्कसहित सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा छ । यस्तै चितवन राइनोज आज दोस्रो जित निकालेर प्लेअफ यात्रा जिवित राख्न चाहन्छ ।
यसअघि चितवनले दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको थियो । दुई अङ्कका बनाएको चितवन अहिले तालिकाको पाँचौँ स्थानमा रहेको छ ।