
काठमाडौं, मंसिर ९ गते ।
नेपाली खेलाडीले नवौं एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा ६ स्वर्ण पदक जितेका छन् । मन्जु श्रेष्ठले काता र कुमुतेमा स्वर्ण जितिन् ।
भारतको गोवामा भएको प्रतियोगिताको अन्य स्वर्णधारीमा आश्था श्रेष्ठ, विवेक गुरुङ, हनिश लामा र सायाङ लामा रहेका छन् ।
