एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १ सय ४० रनको लक्ष्य

काठमाडौं, मंसिर ८ गते ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । कर्णालीका कप्तान साेमपाल कामीले ३ विकेट लिए ।

लगातार दुई खेल जितेको सुदूरपश्चिम अङ्क तालिकाको दोस्रो र दुईमा एक खेल जितेको कर्णाली छैटौं स्थानमा छ ।

यसअघि आज भएको पहिलो खेलमा विराटनगर किङ्ग्सले लगातार तेस्रो जीत हासिल गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ