
काठमाडौँ, मङ्सिर ८ गते ।
ललितपुर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (पाब्सन) को पहलमा २५ विद्यालय बिच प्रतिस्पर्धा गराउदै आईतबार बुद्धिचाल खेल सम्पन्न गरेको छ।
६८ जना विद्यार्थी सहभागी दुईदिने प्रतियोगितामा विलियम पब्लिक स्कूलका रिकि महर्जन उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम भएका छन्।
सीनियर छात्र समूह तर्फ पाठशाला स्कूलका ओस्कार पन्थीले नजिकको टाइब्रेकपछि दोस्रो स्थान प्राप्त गरे, भने तेस्रो स्थान पाराडाइज स्कूलका प्रणव पाण्डेयले हात पारे।
स्पर्धामा भ्याली पब्लिक स्कूलका शैलेश बस्नेत तथा सन्दीप श्रेष्ठ क्रमशः चौथो र पाँचौँ स्थानमा रहे।
जुनियर ब्वाइजमा जुगल स्कूलका निकेश राउत च्याम्पियन बने। विलियम पब्लिक स्कूलका सोयास राई दोस्रो स्थानमा रहे, भने फ्युचर स्टार स्कूलका लियोन प्रिन्स शाही तेस्रो स्थानमा रहे।
भ्याली पब्लिक स्कूलका प्रतीक ढुंगल चौथो र पाठशाला नेपाल फाउन्डेशनका अभ्युदय के.सी. पाँचौँ स्थानमा रहेका थिए।
सीनियर छात्रा तर्फ आदर्श विद्या सदनकी कृषा खतीवडा विजयी बनीन्। जुगल स्कूलकी सुनामी कुमारी चौधरी द्वितीय, विलियम पब्लिक स्कूलकी कृतिका लामा तृतीय स्थानमा रहिन्।
चौथो स्थानमा ब्राइटर फ्युचरकी एरिका आले मगर तथा पाँचौं स्थानमा नाजरेथ स्कूलकी अनुश्का श्रेष्ठ रहे।
जुनियर छात्र समूहमा फ्युचर स्टार स्कूलकी ग्लोसी श्रेष्ठले सबै खेल जित्दै प्रथम भइन्। उनीपछि आदर्श विद्या सदनकी सबिना श्रेष्ठ दोस्रो, श्रीकुल स्कुलकी प्रकृति थापा तेस्रो स्थानमा रहिन्।
चौथो स्थान प्रेम स्कूलका जोया राई तथा पाँचौँमा विलियम पब्लिक स्कुलकी अलिना सुवेदीले टाइब्रेकका आधारमा उक्त स्थान हात पारिन् ।
प्रतिस्पर्धामा प्रत्येक समूहका विजयी पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयका खेलाडीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका छन्।
यस्तै चौथो र पाँचौँ स्थान हासिल गर्ने खेलाडीलाई सान्त्वना पदक दिइयो तथा शीर्ष दस खेलाडीलाई प्रमाणपत्र प्रदान गरे।
यसैबिच समापन कार्यक्रमका सभापति श्रीकुल स्कूलका प्रधानअध्यापक शिवेन्द्र कार्कीले पाब्सनको रचनात्मक कार्यक्रम गर्न पाउनुमा विद्यालय गौरवान्वित भएको उल्लेख गर्दै भविष्यमा पनि तयार रहेको बताए।
पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि ललितपुर पाब्सन अध्यक्ष तारा प्रसाद खनालले प्रतियोगिता पाब्सनको वार्षिक कार्यतालिका अनुसार सञ्चालन भएको बताए।
खनालले चेसलाई बौद्धिक खेलका रुपमा परिभाषित गर्दै विद्यार्थीहरुमा अनुशासन, एकाग्रता, स्मरण शक्ति बिकास, विश्लेषण क्षमता, निर्माण क्षमता, शैक्षिक क्षेत्रमा उत्कृष्टता प्राप्त गर्न महत्वपूर्ण भूमिका खेलेको स्पष्ट देखियो।
पाब्सन ललितपुर बुद्धिचाल खेलको पाठ्यक्रममा जोड दिनेछ। पाब्सन विद्यालयका सञ्चालकले आफ्ना विद्यार्थीलाई प्रशिक्षण प्रदान गरि आगामी वर्ष उत्कृष्ट खेल प्रदर्शन गराउन लाग्नेमा अध्यक्ष खनालले विश्वास ब्यक्त गरेका छन्।
प्रतियोगितामा ललितपुर चेस संघका पूर्व अध्यक्ष गोपाल महर्जन,फिडे निर्णायक सोराज ताम्राकार,शिरोमणी बज्राचार्य र असुन राजकर्णीकारले प्राविधिक पक्ष बलियो बनाए।
