एनपिएल साविक विजेता जनकपुर वोल्ट्स ९ रनले पराजित

काठमाडौँ, मङ्सिर ८ गते । कप्तान सन्दीप लामिछानेको शानदार चार विकेटसँगै विराटनगर किङ्सले एनपिएलमा लगातार तेस्रो जित दर्ता गरेको छ। कीर्तिपुरमा भएको खेलमा विराटनगरले साविक विजेता जनकपुर वोल्ट्सलाई ९ रनले हरायो।

एक सय ३६ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा १२६ रनमै समेटिँदै लगातार दोस्रो हार बेहोर्‍यो। विराटनगर भने तीन खेलमै ६ अंकसहित शीर्षस्थानमा उक्लियो।

बलिङमा सन्दीपले ४ ओभरमा मात्र ११ रन दिँदै ४ विकेट लिए र ‘प्लेयर अफ दि म्याच’ बने। सूर्य तामाङले २, शुभम् रन्जने र मर्सेन्ट डे लन्जले १–१ विकेट लिए।

यसअघि ब्याटिङमा उत्रिएको विराटनगरले ७ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। शुभम् रन्जनेले ३७, बसिर अहमदले ३६ र लोकेश बमले २८ रन जोडे।

जनकपुरका लागि निकोल लप्टी–इटोनले ४१ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। कुरे र सिंहलले २–२ विकेट लिए।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ