
काठमाडौं, मंसिर ४ गते ।
नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको खेलमा लुम्बिनी लायन्सले १४३ रनको लक्ष्य पाएको छ। टस हारेर ब्याटिङमा उत्रिएको चितवन राइनोजले ७ विकेट गुमाएर १४२ बनाएको थियो।
चितवनका लागि रवि बोपराले ५५ बलमा ४ चौका र तीन छक्काको मद्धतमा ६६ रन बनाए। त्यस्तै कुशल मल्लले १८ बलमा २१ रन बनाए। त्यसैगरी सैफ जैवले १५, देव खनालले १४ र दीपक बोहाराले १० रन बनाए।
त्यस्तै बलिङतर्फ लुम्बिनीका रूवेन ट्रुम्पलेन सर्वाधिक तीन विकेट लिए भने अभिशेष गौतम र गुलाबदिन नैवले दुई विकेट लिए।