कतारसँग खेल्दै नेपाल

 एसीसी पुरुष प्रिमियर कपअन्तर्गत दोस्रो खेलमा साविक विजेता नेपालले शनिबार कतारको सामना गर्दैछ।
अल अमेरात क्रिकेट ग्राउन्ड ओमानमा हुने खेल उपरान्ह्र ४:१५ बजेबाट शुरू हुँदैछ।

शुक्रबार सम्पन्न समूह ‘ए’ को पहिलो  खेलमा नेपालले मलेसियलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरआत गरेको थियो। मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका आशिफ शेखले सर्वाधिक ३२ रन बनाए। ३५ बल खेलेका उनले ४ चौका प्रहार गरे। कप्तान रोहितकुमार पौडेल २८, कुशल भुर्तेल २४ र दीपेन्द्रसिंह ऐरी २० रनमा आउट हुँदा गुल्शनकुमार झा १९ र सन्दीप जोरा १२ रनमा अविजित रहे।

जितसँगै नेपालले अंक तालिकामा २ अंक जोडेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ